टाइगर कप:  ह्याट्रिक गर्ने दाउमा एपिएफ

पाेखरा | माघ ४, २०८०

टाइगर कप:  ह्याट्रिक गर्ने दाउमा एपिएफ

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

 

पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । 


पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।  

 


यस्तै अहिले दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यू डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । 


यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ । 


यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ । 


को लिगचरणको अन्तिम खेल टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

 

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्